• ट्रेण्डिङ्ग :
सांसद नेम्वाङको स्वास्थ्यमा समस्या, थप उपचारका लागि काठमाडौं लगिँदै

सांसद नेम्वाङको स्वास्थ्यमा समस्या, थप उपचारका लागि काठमाडौं लगिँदै


  • 6.2K
    SHARES
    • माघ १७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 9.5K Views

    सांसद नेम्वाङको स्वास्थ्यमा समस्या, थप उपचारका लागि काठमाडौं लगिँदै

    फिदिम १७ माघ/नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। एमालेको ताप्लेजुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहनु भएका उहाँ पार्टी कामकै सिलसिलामा ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेपछि बिरामी पर्नुभएको हो।

    images

    फुङलिङ स्थित पाथिभरा गेष्ट हाउसमा खाना खान लाग्दा अचानक बिरामी पर्नुभएको एमाले ताप्लेजुङका उपसचिव मणिशंकर पोमुले जानकारी दिनुभयो। हातबाट मोबाइल खसेपछि टिप्न खोज्दा मोबाइल समात्न समस्या भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि तत्काल उपचारार्थ ताप्लेजुङ जिल्ला अस्पताल लगिएको हो।

    ‘शरीरको एक भाग चलेको छैन, चिकित्सिकले गम्भीर स्वास्थ्य समस्याको लक्षण देखिएको बताएका छन्’, पोमुले भन्नुभयो। उहाँलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको उहाँको भनाइ छ। नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ।


    तेस्रो आँखा