• ट्रेण्डिङ्ग :
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु


  • 2.7K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.1K Views

    करेन्ट लागेर एक जनाको मृत्यु

    धनगढी । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो ।

    images

    बुधबार बिहान ११ हजार भोल्टको करेन्ट लागेर ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको छ । अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका रानाको मृत्यु भएको हो ।

    काम भइरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विद्युत कटौती गरी काम सुरु गरेका थिए । तर, १५ मिनेट पछि एक्कासि विद्युत सूचारु हुँदा उनी पोलबाट खसेका हुन् ।

    घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको विद्युत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले बताउनुभयो । सो क्षेत्रमा विद्युत स्तरवृद्धिको काम जारी छ ।

    पूर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विद्युत प्राधिकरणबाट ठेक्का लिई लाईन स्तरवृद्धिको काम गर्दैछ ।


    तेस्रो आँखा