• ट्रेण्डिङ्ग :
जेएन सागरलाई प्रेस चौतारी दाङको योगदान पुरस्कार

जेएन सागरलाई प्रेस चौतारी दाङको योगदान पुरस्कार


  • 10.2K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 15.7K Views

    जेएन सागरलाई प्रेस चौतारी दाङको योगदान पुरस्कार

    घोराही । प्रेस चौतारी योगदान पुरस्कार जेएन सागरलाई प्रदान गरिने भएको छ । बिहीबार घोराहीमा बसेको पुरस्कार छनौट समितिको बैठकले प्रेस चौतारी नेपाल दाङका पूर्वअध्यक्ष जेएनलाई योगदान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    images

    पुरस्कार छनौट समितिका संयोजक शरद अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारीका नेता संगीत बस्याललाई प्रेस चौतारी सम्मान गर्ने निर्णय गरेको हो । बैठकले चौतारी दाङका पूर्वअध्यक्ष दुर्गालाल केसी र सदस्य विमला केसीले स्वर्गीय बुवा धनिराम केसीको स्मृतिमा स्थापना गर्नुभएको धनिराम स्मृति पत्रकारिता पुरस्कार नयाँ युगबोध दैनिकका समाचारदाता दशरथ घिमिरेलाई, प्रेस चौतारीका पूर्वकेन्द्रीय सदस्य सरिता सुवेदीले स्वर्गीय हजुरबुवाको स्मृतिमा स्थापना गरेको हिमस्मृति साहसिक पत्रकारिता पुरस्कार रेडियो मध्यपश्चिमका समाचार सम्पादक छवि पुरीलाई प्रदान गर्ने निर्णय गरेको हो । 

    त्यसैगरी स्वर्गीय मदन केसीको स्मृतिमा परिवारले स्थापना गरेको मदन केसी आर्थिक पत्रकारिता पुरस्कार नयाँ युगबोध दैनिकका समाचारदाता सन्तोष खनाललाई र प्रेस चौतारी प्रतिभा पुरस्कार रेडियो हापुरेका सम्पादक रामप्रसाद सुवेदी, रेडियो प्रकृतिका चेतन वली, देउखुरी टुडेका लक्ष्मी पोखरेललाई प्रदान गर्ने निर्णय गरेको हो । 

    प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष शरद अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सदस्यमा केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सह–इञ्चार्ज टीकाबहादुर बस्नेत, केन्द्रीय सदस्य रीता लामा, पूर्वअध्यक्ष दुर्गालाल केसी र जिल्ला कार्यवाहक अध्यक्ष प्रेमबहादुर राम्जा रहेका थिए । प्रेस चौतारी दाङले यी पुरस्कारहरु प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा यही माघ २२ गते प्रदान गर्ने जिल्ला कार्यवाहक अध्यक्ष प्रेमबहादुर राम्जाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # प्रेस चौतारी

  • तेस्रो आँखा