तुलसीपुर १८ माघ/तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ क लाईन स्थित भाग्यलक्ष्मी भवनमा भिषण आगलागी भएको छ । बिहीबार बेलुका साढे ७ बजेको समयमा राष्ट्रिय बाणिज्य बैंकको कार्यालय रहेको घरको पहिलो तलामा सोही ठाउँका ३४ वर्षीय ललित गुप्ताले संचालन गरेको न्यु नेपाल सुनचाँदी पसलमा आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक ठाकुर प्रसाद पोख्रेलको कमाण्डमा खटिएको टोली, तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानिय बासीको सहयोगमा पौने ८ बजेको समयमा आगो नियन्त्रणमा आएको छ ।
आगलागीबाट न्यु नेपाल सुनचाँदी पसल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले तेस्रो आँखालाई जानकारी दिए । आगलागिको कारण खुलेको छैन् । मानविय क्षति पनि नभएको प्रहरीले बताएको छ । क्षतिको विवरण आउँन बाँकी छ ।
