• ट्रेण्डिङ्ग :
स्कटल्यान्डमा भएकाे आगलागीमा नेपाली दिदीबहिनीको ज्यान गएको पुष्टि

स्कटल्यान्डमा भएकाे आगलागीमा नेपाली दिदीबहिनीको ज्यान गएको पुष्टि


  • 5.0K
    SHARES
    • माघ १९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.8K Views

    स्कटल्यान्डमा भएकाे आगलागीमा नेपाली दिदीबहिनीको ज्यान गएको पुष्टि

    काठमाण्डाै । स्कटल्यान्डको एबरडीन सहरमा सोमवार भएको आगलागीमा परि दुई जना नेपाली दिदीबहिनीको ज्यान गएको छ ।

    images

    ब्ल्याक हिल्टन रोडमा लागेको आगलागीमा शिक्षा सुवेदी र आँचल सुवेदीको ज्यान गएको स्थानीय एबरडीन लाइभले जनाएको छ । अन्दाजी २२ वर्षकी आँचल पेसाले इञ्जिनियर र २४ वर्षकी शिक्षा आईटी अध्ययन गरी पेसामा आबद्ध हुनुहुन्थ्यो । सुवेदी दिदीबहिनी डा. यज्ञ सुवेदीका छोरीहरु हुन् ।

    डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुनुहुन्छ । पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बसोबास गर्दै आएका छन् । ज्यान गुमाएका दिदीबहिनीको आउँदो मङ्गलवार दाहसंस्कार गर्ने तयारी छ ।

    आगलागीका बेला धुवाँमा निस्सासिएर उनीहरु बेहोस भएका र पछि मृत घोषणा गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण खुलिनसकेको स्कटल्यान्ड प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा