• ट्रेण्डिङ्ग :
प्रतिबन्ध खुलाउन टिकटकको लबिङ

प्रतिबन्ध खुलाउन टिकटकको लबिङ


  • 2.0K
    SHARES
    • माघ १९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.1K Views

    प्रतिबन्ध खुलाउन टिकटकको लबिङ

    काठमाडौं । गत कार्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकलाई नेपालभित्र प्रयोगका लागि प्रतिबन्ध लगाइएको थियो । टिकटकले आफ्नो पक्षमा वातावरण बनाउन लबिङ शुरु गरेको छ ।

    images

    सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

    सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेसँगै सर्वोच्चले समेत सरकारको नाममा कारण देखाउ आदेश दिएको छ । तर टिकटकले भने नेपाली सरोकारबालाहरुसँग सहकार्य गर्ने र लबिङको कार्य तीव्र बनाएको छ ।

    सरकारी अधिकारीहरुले टिकटकमाथि लागेको प्रतिबन्धका बारेमा कुरा गर्न नचाहेकाले टिकटकको प्रयास सफल हुन नसकेको स्रोतले बताएको छ ।

    यसैगरी टिकटकले सामाजिक अभियन्ता, मानवअधिकारवादी, संचारमाध्यमका प्रतिनिधिहरु लगायत सरोकारबालाहरुसँग समेत छलफल र भेटघाट गरिरहेको बताइएको छ ।


    तेस्रो आँखा