• ट्रेण्डिङ्ग :
नेजाद्वारा २१ अप्रिलका दिन स्थापना दिवस मनाउने निर्णय

नेजाद्वारा २१ अप्रिलका दिन स्थापना दिवस मनाउने निर्णय


  • 17.6K
    SHARES
    • माघ १९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 27.1K Views

    नेजाद्वारा २१ अप्रिलका दिन स्थापना दिवस मनाउने निर्णय

    अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो ‘स्थापना दिवस’ २१ अप्रिललाई मनाउने निर्णय गरेको छ । नेजा कार्यसमितिको २० जनवरी २०२४ मा सम्पन्न बैठकले उक्त निर्णय गरेको महासचिव बाबुराम दाहालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

    images

    संस्थाको विशेष दिन अर्थात ‘स्थापना दिवस’को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका लागि वर्तमान कार्समितिले संस्था स्थापनाको आधिकारिक कागजातमार्फत प्राप्त विभिन्न मितिका बारेमा छलफल गरेको विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा नेजाका संस्थापक एवं पूर्वअध्यक्षज्यूहरूसँगको परामर्श एवं छलफलबमोजिम २१– २२ अप्रिल २००७ मा अमेरिकाको वासिङ्गटन डीसीमा भएको संघको प्रथम अधिवेशनलाई उपयुक्त आधार मानी सोहीअनुसार कार्यसमितिका संस्थापक र पूर्वअध्यक्ष एवं सल्लाहकारहरूसँगको संयुक्त बैठकले अप्रिल २१ लाई ‘नेजा दिवस’ मनाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिको पूर्णपाठ:

    प्रेस विज्ञप्ति

    नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो ‘स्थापना दिवस’ निर्धारण गरेको छ । नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो । संस्थाको विशेष दिन अर्थात ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका लागि वर्तमान कार्यसमितिले संस्था स्थापनाको आधिकारिक कागजातमार्फत प्राप्त विभिन्न मितिका बारेमा छलफल गरेको थियो ।

    यस सम्बन्धमा नेजाका संस्थापक एवं पूर्वअध्यक्षज्यूहरूसँगको परामर्श एवं छलफलबमोजिम अप्रिल २१–२२, २००७ मा अमेरिकाको वासिङ्गटन डीसीमा भएको संघको प्रथम अधिवेशनलाई उपयुक्त आधार मानी सोहीअनुसार कार्यसमितिको संस्थापक र पूर्वअध्यक्ष एवं सलाहकारज्यूहरूसँगको संयुक्त बैठकले अप्रिल २१ लाई ‘नेजा दिवस’ मनाउने निर्णय गरेको हो ।

    साथै, ‘अप्रिल २१’ लाई ‘नेजा स्थापना दिवस’ घोषणा गरी कार्यान्वयन गर्ने र सो दिन संस्थाका लागि महत्वपूर्ण हुने हुँदा संस्थाको विधानमा समेत समावेश गरेर जाने बैठकबाट निर्णय गरिएको छ ।

    साथै, नेजाको स्थापना दिवसको अवसरमा संस्थाको गरिमालाई उच्च बनाउने एवं आमसमुदायको हितअनुकूल विशेष एवम् फलदायी कार्यक्रमको आयोजना गरेर सो दिवस मनाउने नेजाको उद्देश्य रहेको छ । धन्यवाद ।


    बाबुराम दाहाल
    महासचिव
    नेपाल अमेरिका पत्रकार संघ (नेजा)
    मितिः १ फेब्रुअरी २०२४

  • सम्बन्धित विषय:

  • # नेजा
  • # स्थापना दिवस

  • तेस्रो आँखा