• ट्रेण्डिङ्ग :
बसको ठक्करबाट युवकको मृत्यु

बसको ठक्करबाट युवकको मृत्यु


  • 4.2K
    SHARES
    • माघ २५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.4K Views

    बसको ठक्करबाट युवकको मृत्यु

    धनुषा २५ माघ/धनुषामा विद्यालयको बसको  ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो । 

    images

    धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा २ प ७६० नं को बसले साइकल यात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा बाटोमै मृत्यु भएको हो । 

    बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का  रामजस मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा