• ट्रेण्डिङ्ग :
पाँच करोड फिरौती मागेको आरोपमा दुई जना पक्राउ

पाँच करोड फिरौती मागेको आरोपमा दुई जना पक्राउ


  • 3.6K
    SHARES
    • माघ २५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.5K Views

    पाँच करोड फिरौती मागेको आरोपमा दुई जना पक्राउ

    लेखनाथ, २५ माघ/पाँच करोड फिरौती माग गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन् । बुधबार राति कास्की प्रहरीले पोखरा–८, सिमलचौरबाट पक्राउ गरेका उनीहरुलाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । 

    images

    पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नं। २, खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र सोही पालिकाको वडा नं। १४ का ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् । उनीहरुले पोखरामा सच्चाइ केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन र एसएमएसबाट धम्क्याई बारम्बार रकम माग गरेका थिए । 

    कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले फोन र एसएमएसबाट उनीहरुले सो रकम नदिए मार्ने धम्की दिएको र बारम्बार सच्चाइ केन्द्रमा गई रेकीसमेत गरेको जानकारी दिनुभयो । दर्जी र थापाको साथबाट पाँच सय ७२ ग्राम गाँजा, केही सिम, भरुवा बन्दुकमा लाग्ने केफ, लगायतका सामग्री बरामद भएको छ । 

    प्रहरी प्रमुख थापाले अभियुक्तहरुले एक महिनादेखि सिमलचौरमा कोठा लिएर यस्तो गतिविधि गरेको थाहा भएको जानकारी दिनुभयो । “उनीहरुले पोखराका प्रतिष्ठित उद्योगपति, व्यापारी, नेता लगायतका करिब ३० जनाको नाम, ठेगाना, परिवारका सदस्यको नामसमेत टिपोट गरेका आठ पाना भेट्टाएका छौँ,” प्रहरी प्रमुख थापाले भन्नुभयो ।

    प्रहरी प्रमुख थापाले सूर्यदर्शन सहकारीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पत्रकारले सोधेको सच्चाइ केन्द्रको अपारदर्शिता, धर्म परिवर्तनको प्रश्नमा उहाँले उजुरी आए त्यसबारे पनि अनुसन्धान हुने प्रष्ट पार्नुभयो ।

    “यो केशमा प्रकाशदीपजी नै पीडित भएको देखियो, उहाँको बारेमा त्यस्तो केही भए वा उजुरी आए उहाँमाथि पनि हामी अनुसन्धान गर्छौं,” प्रहरी प्रमुख थापाले प्रष्ट पार्नुभयो। 


    तेस्रो आँखा