• ट्रेण्डिङ्ग :
मलेसियामा चाइनिज नयाँ सालको रौनक, धुमधाम मनाउने तयारी

मलेसियामा चाइनिज नयाँ सालको रौनक, धुमधाम मनाउने तयारी


  • 20.9K
    SHARES
    • माघ २५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 32.1K Views

    मलेसियामा चाइनिज नयाँ सालको रौनक, धुमधाम मनाउने तयारी

    सूर्य घर्तीमगर

    images

    मलेसिया । अहिले अर्थात यो फेब्रुअरीको दोस्रो हप्ता मलेसियामा सबैतिर चाइनिज नयाँ सालको रौनक चल्नेवाला छ । चाइनिज क्यालेन्डरअनुसार यो साल ड्रागनको साल हो । ड्रागन वर्ष चाइनिजहरुको लागि महत्वपूर्ण र सौभाग्यपूर्ण वर्ष मानिन्छ । 

    यो पर्वमा मलेसिया सरकारले नै २ दिन सरकारी बिदा दिने गर्दछ । प्राइभेट चाइनिज कम्पनीहरुले आफ्नो कामदारहरुलाई अझ केही दिन थप विदा दिने गर्दछन् । सबैलाई उत्सव मनाउन र रमाइलो गर्ने समय दिने गर्दछन् । यही बिदाको अवसरलाई सदुपयोग गर्दै आप्रवासी कामदारहरुले आफ्ना गतिविधिहरुलाइ सञ्चालन गर्ने गर्दछन् । 

    Rolpali.jpg

    त्यसैमध्य मलेसियामा काम गर्ने नेपाली आप्रवासीहरुको संख्या धेरै रहेको छ । मलेसियामा कार्यरत नेपालीहरु कुनै न कुनै माध्यमबाट एकतावद्ध र सूत्रवद्ध हुने गरेका छन् । कोही संघसंगठन खोलेर सामाजिक कार्यहरु गरिरहेका छन् भने कोही क्लबहरु खोलेर खेलकुद र मनोरन्जनको क्षेत्रमा योग्य, क्षमतावान र दक्ष नेपालीहरुलाई जोड्दै आएका छन् । 

    यसपालिको चाइनिज नयाँ वर्षमा केही महत्वपूर्ण खेलकुद तथा कार्यक्रम र संघसंगठनको अधिवेशनहरु हुँदैछन् । चाइनिज नयाँ सालको अवसर  पारेर मलेसियामा क्रियाशील अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाले आफ्नो तेस्रो अधिवेशन १० फेब्रुअरी २०२४ मा गर्न गइरहेको छ । उता, नेपाल मगर संघ मलेसियाको क्षेत्रीय कमिटी जोहोरबारुले पनि ११ फेब्रुअरी २०२४ मा आफ्नो क्षेत्रीय अधिवेशन गर्न गइरहेको छ । 

    Dragan Year.jpg

    यसैगरी तामाङ जातिले पनि आफ्नो महान पर्व ल्होसार मनाउने तयारी गरिरहेको छ । खेलकुदमा पनि मात्रामा विभिन्न क्लबहरुले मलेसियाभरि धेरै स्थानमा फुटबल तथा भलिवल प्रतियोगिता राखेका छन् । यीमध्ये हिमालयन फुटबल क्लबले छैठौं हिमालयन गोल्ड कपको भव्य आयोजना गरेको छ । करिव २ दिनसम्म चल्ने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार आरएम रहेको छ । दोस्रो पुरस्कार १५ हजार आरएम राखिएको छ । 

    Khel.jpg

    त्यसैगरी सयपत्री युवा क्लव मेलाका मलेसियाले पनि मलेसियाव्यापी खुल्ला भलिबल प्रतियोगिता राखेको छ । त्यसैगरी सगरमाथा युवा क्लब मेलाकाले पनि खुल्ला पुरुष भलिबल प्रतियोगिता राखेको छ । यी त केही उदाहरणमात्रै हुन् । यो चाइनिज नयाँ वर्षको बिदाभरि मलेसियामा यस्तै धेरै खेलकुद तथा साँगीतिक गतिविधिहरु हुँदैछन् ।

  • सम्बन्धित विषय:

  • # मलेसियामा चाइनिज नयाँ साल

  • तेस्रो आँखा