• ट्रेण्डिङ्ग :
'ए' डिभिजन लिग : एपिएफ र सातदोबाटो विजयी

'ए' डिभिजन लिग : एपिएफ र सातदोबाटो विजयी


  • 6.3K
    SHARES
    • पौष ३०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    'ए' डिभिजन लिग : एपिएफ र सातदोबाटो विजयी

    काठमाडौं, ३० पुस । 'ए' डिभिजन लिगमा एपिएफ र सातदोबाटो विजयी भएका छन् । शुक्रबारदेखि 'ए' डिभिजन लिगका नवौं चरणका खेलहरु सुरु भएका छन् ।

    images

    दशरथ रंगशालामा भएको शुक्रबारको पहिलो खेलमा विभागिय टोली एपीएफले हिमालयन शेर्पा क्लबलाई एक शून्यले पराजित गरेको छ। एपिएफलाई पहिलो हाफको इज्जुरी समयमा नविन लामाको कर्नरमा आभास लामिछानेले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।  उक्त गोल नै एपिएफको जितको निर्णायक गोल बन्यो ।

    शुक्रबारनै भएको दोस्रो खेलमा सातदोबाटो युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबमाथि अविश्वसनिय जित निकाल्यो । मनाङ सातदोबाटोसँग दुई एक गोल अन्तरले स्तब्ध भएको हो। दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो क्लबले पहिलो हाफमा मनाङ विरुद्ध दुई शून्यको अग्रता लिएको थियो । दोस्रो हाफमा मनाङले एक गोल फर्काए पनि त्यो जितको लागि पर्याप्त बनेन् ।

    सातदोबाटोको लागि ११ औं मिनेमा मार्टिन एडेल्फे सिलोले एक गोल गरेका थिए भने खेलको ३८ औं मिनेटमा प्रशान्त अवस्थीको क्रसमा मार्टिन अजयीले हेडर मार्फत गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको ५३ औं मिनेटमा अफिज ओलाले गोल गर्दै मनाङलाई खेलमा फर्काउन खोजे पनि जीत भने दिलाउन सकेनन् ।

    आजको खेलपछि मनाङ १९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ भने १२ अंक सहित सातदोबाटो छैठौं स्थानमा उक्लेको छ ।
    आजकै खेलपछि १० अंक सहित एपिएफ नवौं स्थानमा रहेको छ भने हिमालयन शेर्पा क्लब ११ अंक सहित सातौं स्थानमा रहेको छ।  तालिकाको शिर्ष स्थानमा भने २० अंक सहित मछिन्द्र क्लब छ । 

  • सम्बन्धित विषय:

  • # 'ए' डिभिजन लिग

  • तेस्रो आँखा