• ट्रेण्डिङ्ग :
बागमती प्रदेश : संसद् अधिवेशन बोलाउन एमालेको माग

बागमती प्रदेश : संसद् अधिवेशन बोलाउन एमालेको माग


  • 3.3K
    SHARES
    • माघ २६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.0K Views

    बागमती प्रदेश : संसद् अधिवेशन बोलाउन एमालेको माग

    मकवानपुर, २६ माघ/नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले  प्रदेशसभा अधिवेशन छिटो बोलाउन माग गर्नुभएको छ । 

    images

    एमाले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले सरकारसँग बैठक बोलाउन माग गर्नुभएको हो । उहाँले बैठक नबोलाएकोमा सरकारप्रति शङ्का लागेको बताउनुभयो ।   प्रदेश सरकारले सीमित व्यक्ति र क्षेत्रमा बजेट किताबमा समावेश नभएका योजनामा बजेट विनियोजन गर्ने काम गरिरहेको नेता थपलियाको आरोप थियो । 

     सरकारले माघ महिनाको अन्त्यसम्ममा समेत संसद् अधिवेशन आह्वान नगरे २५ प्रतिशत सांसदको हस्ताक्षर सङ्कलन गरी बैठक आह्वान गर्न दबाब दिने नेता थपलियाले पत्रकार सम्मेलनमा बताउनुभयो । विपक्षी दलले दिएको सुझाव र सम्झौता सरकारले कार्यान्वयन नगरे अन्य कदम चाल्ने नेता थपलियाको  भनाइ रहेको छ ।


    तेस्रो आँखा