• ट्रेण्डिङ्ग :
गरिबलाई परिचयपत्र वितरण गरिँदै

गरिबलाई परिचयपत्र वितरण गरिँदै


  • 3.4K
    SHARES
    • माघ २७, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    गरिबलाई परिचयपत्र वितरण गरिँदै

    चितवन, २७ माघ/भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरुको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताउनुभएको छ । आज पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताउनुभयो । 

    images

    मन्त्री चौधरीले भन्नुभयो “गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ । यसलाई अझै प्रभावकारी रुपमा अघि बढाइने छ । गरिबी निवारणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ । 

    भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उहाँले सुकुम्बासीहरुलाई चाँडैंनै जग्गा उपलब्ध गराइने जानकारी दिनुभयो । 


    तेस्रो आँखा