• ट्रेण्डिङ्ग :
एमालेले जनतामा आशा जगाउने काम गरेको छ : पोखरेल

एमालेले जनतामा आशा जगाउने काम गरेको छ : पोखरेल


  • 3.4K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    एमालेले जनतामा आशा जगाउने काम गरेको छ : पोखरेल

    दैलेख । नेपाल कम्युनिष्ट पाटी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन् । एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गरे ।

    images

    उनले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय तहमा रहेका अन्तरविरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । उनले एमालेले अघि सारेको मिसन–८४ को नारालाई सबैले एक भएर अघि बढाउँदै विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउनु आवश्यक रहेको बताए . I

    नेताका टाउका जोडेर पार्टी एकता नहुने भन्दै उनले कार्यकर्ताका मन जोड्दै कम्युनिस्ट आन्दोलन बलियो बनाउनतर्फ एमाले अग्रसर भएको उल्लेख गरे । पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला रहेकाले कम्युनिस्ट आन्दोलन अघि बढाउन यहाँको नाम सधैँ अगाडि आउनेसमेत बताए । 


    तेस्रो आँखा