• ट्रेण्डिङ्ग :
मावि सौडियारकोे स्वर्ण जयन्ती समारोहमा मुख्यमन्त्री चौधरी आउने

मावि सौडियारकोे स्वर्ण जयन्ती समारोहमा मुख्यमन्त्री चौधरी आउने


  • 10.4K
    SHARES
    • माघ २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 16.0K Views

    मावि सौडियारकोे स्वर्ण जयन्ती समारोहमा मुख्यमन्त्री चौधरी आउने

    घोराही । घोराही उपमहानगरपालिका वडा नं. ७ सौडियारस्थित मावि सौडियारको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती)को तयारी पूरा भएको छ । 

    images

    आगामी फागुन १ गते विद्यालयमा हुन लागेको भब्य समारोहको तयारी पूरा भएको र उक्त कार्यक्रमको उद्घाटनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आउने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले जानकारी दिए । मुख्यमन्त्री चौधरीले विहान १० बजे वार्षिकोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

    वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रम, विज्ञान, कला प्रदर्शनी, नृत्य प्रतियोगिताको तयारी पनि पूरा भएको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले बताए । 

    विद्यालयले वार्षिकोत्सव समारोहमा उपस्थितिका लागि विद्यालयले सबैमा अनुरोध गरेको छ । विब्यस अध्यक्ष निशानदाजु भट्टराई, शिक्षक अभिभावक संघका लोकबहादुर कुवर र विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले एक प्रेस विज्ञप्ति जारी गरेर मुख्यमन्त्री चौधरीले उदघाटन गर्ने वार्षिकोत्सवमा सहभागी हुन विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, बुद्धिजीवी, पूर्व विब्यस अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष, सदस्य, अक्षयकोषदाता, सामाजिक अगुवा लगायत शुभचिन्तक सबैमा आग्रह गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # डिल्लीबहादुर चौधरी

  • तेस्रो आँखा