• ट्रेण्डिङ्ग :
निषेधाज्ञाकाबीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो

निषेधाज्ञाकाबीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो


  • 8.0K
    SHARES
    • माघ १, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    निषेधाज्ञाकाबीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो

    चितवन, १ माघ । निषेधाज्ञाकाबीच धार्मिक स्थल देवघाटमा मकर स्नान गर्ने भक्तजनको घुँइचो लागेको छ । कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट जाने भक्तजनको प्रवेशमा रोक लगाएको थियो ।

    images

    माघे संक्रान्तिको अवसरमा देवघाटको वेणी संगममा मकर स्नान गर्न जाने भक्तजनको घुँइचो अझै बढ्दै छ । प्रशासनले प्रवेशमा रोक लगाएपनि टाढा–टाढाबाट भक्तजन पैदलै हिँडेर देवघाट पुगेका छन् । सवारी साधन लिएर समूह भएर जाने भक्तजनलाई रोक्ने र छुट्टा–छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने प्रशासनको निर्णय थियो ।

    devghat-ma-bhaktajan.jpg

    यद्यपि देवघाटको वेणी संगममा भक्तजनको बाक्लो उपस्थिति छ । चितवनको दासढुंगाबाट तनहुँतर्फ आउने भक्तजनले जीप कारलगायतका साना गाडी लिएर पनि देवघाट पुगेका छन् । चितवनको आँपटारीबाट देवघाट पैदल जाने भक्तजनको संख्या पनि उल्लेख्य रहेको छ ।

    छुट्टा-छुट्टै रुपमा पैदल जाने भक्तजनलाई नरोक्ने तर समूहगत रुपमा जान नदिने निर्णय भएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए । ‘निषेधाज्ञा खुलाइएको छैन । एक्ला–एक्लै जाने हो भने जान दिने भन्ने कुरा भएको हो’, उनले भने ।

    devghat-1.jpg

    भक्तजनको संख्या बढ्दै गएपछि देवघाटको वेणी संगम अस्तव्यस्त बनेको स्थानीय पत्रकार आशिक रानाले जानकारी दिए । ‘कतिपय भक्तजनले दासढुंगाबाट साना गाडीहरु पनि ल्याउनुभएको छ । आँपटारीबाट आउने भक्तजनको संख्या पनि उल्लेख्य छ’, उनले भने ।

    त्रिशुली र कालिगण्डकीको संगमस्थल देवघाटमा माघे संक्रान्तिको दिन हरेक वर्ष तिर्थालुको घुँइचो लाग्ने गर्छ । 


    कुलप्रसाद काफ्ले


    तेस्रो आँखा