सूर्य घर्तीमगर
मलेसिया । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसिया शाखाले तेस्रो अधिवेशन भव्यरुपमा सम्पन्न गरेको छ । अधिवेशनले तिपेन्द्र बुढामगर ‘माननीय’को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष जीतबहादुर महरा ‘जनक’, उपाध्यक्षत्रय कमल महरा, हर्कबहादुर बुढामगर र सिर्जना बुढामगर चयन भएका छन् । यसैगरी महासचिव पहलबहादुर पुनमगर, सचिव सागर विश्वकर्मा, कोषाध्यक्ष महेश खत्री र प्रवक्तामा खुमबहादुर झाँक्रीमगर चयन भएका छन् । नयाँ कार्यसमितिका सदस्यहरुमा हुकुम गिरी, राजु नेपाली, विवेक बुढामगर, दीपेन्द्र बुढामगर, केबी खड्का, जीवन पुनमगर, चेतन घर्तीमगर, राजकुमार पुनमगर, हेमराज घर्तीमगर, नवराज पुनमगर, अनिशा पुनमगर र मनिष विष्ट रहेका छन् । त्यसैगरी प्रमुख सल्लाहकारमा पुष्पकमल पुनमगर रहेका छन् । सल्लाहकारहरुमा केदारसिंह डाँगी, दिलबहादुर घर्ती, सूर्य सुनार, मानसिंह खड्का, अर्जुन घर्तीमगर, सुवास रोका क्षेत्री, सूर्य घर्तीमगर र बलबहादुर पुनमगर रहेका छन् । समितिको संरक्षकहरुमा राजकुमार बुढामगर, तेजकुमार बुढामगर र लालकुमारी रोकामगर रहेका छन् ।

नयाँ कार्यसमिति चयनपश्चात सबै नवनिर्वाचित पदाधिकारी, सदस्य, सल्लाहकार एवम् संरक्षकहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुका साथै पदभार हस्तान्तरण गरिएको थियो ।

अधिवेशनको प्रमुख अतिथि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय उपाध्यक्ष लालकुमारी रोका रहेकी थिइन् । ल्च्ल्ब् अधिवेशनमा एनआरएनएका प्रतिनिधि, हेल्प मधेशका प्रतिनिधि, नेपाल मगर संघका प्रतिनिधि लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । जोहोरका प्रतिनिधि केबी खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नवनिर्वाचित प्रवक्ता खुम झाँक्री मगरले गरेका थिए । त्यस अवसरमा पेनाङबाट कमल महरा, क्वालालम्पुरबाट बिशन मगर, मेलकाबाट महेश खत्रीले मन्तव्य राखेका थिए ।

अधिवेशनमा संगठनको प्रगति विवरण प्रवक्ता सूर्य घर्तीमगरले प्रस्तुत गरेका थिए । सबै अतिथि वक्ताहरुले संगठन र समाजसेवाको भूमिका, जिम्मेवारी र जवाफदेहिताको बारेमा प्रष्ट पारेका थिए ।

