• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रमा अचम्मको निर्णय : कसैलाई बधाईपत्र, कसैलाई कारवाही पत्र

माओवादी केन्द्रमा अचम्मको निर्णय : कसैलाई बधाईपत्र, कसैलाई कारवाही पत्र


  • 15.1K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 23.3K Views

    माओवादी केन्द्रमा अचम्मको निर्णय : कसैलाई बधाईपत्र, कसैलाई कारवाही पत्र

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको बैठकले एउटा अचम्मको निर्णय गरेको छ । बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को समीक्षा गर्दै अभियानमा पूरै खट्नेलाई बधाईपत्र दिने निर्णय गरेको छ ।

    images

    राजधानीमा जारी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले चार महिनासम्म चलेको अभियानमा शतप्रतिशत खट्नेलाई बधाईपत्र दिने निर्णय गरेको केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिनुभयो । त्यस्तै ६० देखि ९० प्रतिशतसम्म समय दिएर अभियानमा खट्नेलाई धन्यवादपत्र र १५ देखि ६० प्रतिशतसम्म समय दिएर अभियानमा खट्नेलाई सतर्कतापत्र दिने निर्णय गरेको छ ।

    त्यसैगरी चार महिने अभियानका क्रममा १५ प्रतिशतभन्दा कम समय दिएर खट्नेलाई स्पष्टीकरण पत्र दिने निर्णय गरेको छ । त्यस्तै, स्पष्टीकरणपत्र दिइएकालाई कारवाही गर्ने निर्णय गरिएको पनि केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज आचार्यले जानकारी दिनुभयो ।

    Maoist2.jpg

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा