• ट्रेण्डिङ्ग :
‘हाईप्रोफाइल’ जुवाडेहरुलाई ४ दिन म्याद थप

‘हाईप्रोफाइल’ जुवाडेहरुलाई ४ दिन म्याद थप


  • 10.9K
    SHARES
    • कार्तिक १४, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 16.7K Views

    ‘हाईप्रोफाइल’  जुवाडेहरुलाई ४ दिन म्याद थप

    दाङ,कात्तिक १४ । 
    तुलसीपुरमा पक्राउ परेका ‘हाईप्रोफाइल’ जुवाडेहरुलाई चार दिन म्याद थप गरिएको छ । शुक्रबार तुलसीपुरको एक खाली घरमा कौडा खेलिरहेका एमालेका नेता मानबहादुर रावत लगाएत कांग्रेस नेता सहित  ८ जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएका उनिहरुलाई थप अनुसन्धानका लागि ४ दिन म्याद थप गरिएको हो । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुसन्धान गर्नका लागि चार दिनको म्याद थप गरिदिएको हो ।

    images

    ‘उनिहरुलाई चार दिनकेो म्याद थप गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले भने ‘उनिहरु जुवाको ठूलो खालबाट समातिएका छन्, कानुन अनुसार कारवाही हुन्छ ।’ एमाले नेता रावत संगै कांग्रेसका सुरेन्द्र हमाल,दिपेन्द्र गिरी सहित रोहित न्यौपाने, चित्रबहादुर बस्नेत,मिनकेतन गिरी,बिबेक मल्ल र दिगाम्बर गिरीलाई प्रहरीले कौडा र एक लाख ९८ हजार २ सय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । उनिहरु तुलसीपुर ६ रजौरा स्थित बिष्णु आचार्यको खाली घरमा कौडा खेलिरहेका थिए ।  

     


    तेस्रो आँखा