• ट्रेण्डिङ्ग :
जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री

जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री


  • 3.0K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.6K Views

    जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री

    काठमाडौं, १ फागुन/प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा जनयुद्धको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    images

    उहाँले जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताउनुहुँदै अहिले दक्षिण एसियामा रामराज्यको बारेमा धेरै चर्चा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, आज फागुन १ गते महान् जनयुद्धको २९ औं वार्षिकोत्सव । यो ऐतिहासिक अवसर पारेर जनयुद्धकालमा बढो कठिन जटिल र चुनौतीमा पनि जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारीबोध गरेर ६ वटा पुस्तक विमोचन भएका छन् ।

    अहिले दक्षिण एसियामा रामराज्यको बारेमा धेरै चर्चा छ । आज रामलीलाको बारेमा त निकै धेरै चर्चा छ । यो ऐतिहासिक दिन हो । यस्तै, अध्यक्ष दाहालले पार्टीको विधान अधिवेशनमा जनयुद्धको बारेमा समेत चर्चा गर्ने बताउनुभयो । 


    तेस्रो आँखा