• ट्रेण्डिङ्ग :
पाँच किलो चरेससहित दुई महिला पक्राऊ

पाँच किलो चरेससहित दुई महिला पक्राऊ


  • 2.3K
    SHARES
    • फाल्गुण १, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.6K Views

    पाँच किलो चरेससहित दुई महिला पक्राऊ

    कपिलवस्तु १ फागुन/कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाका नजिकबाट २ महिलालाई पक्राउ गरेको छ ।

    images

    ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले ४ किलो ९ सय ६४ ग्राम लागु औषध चरेससहित दुई महिलालाई नियन्त्रणमा लिएको हो ।

    सोमबार साँझ रोल्पाबाट कपिलवस्तुको कृष्णनगर हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा रोल्पा दुई खोली गाउँपालिका १ बस्ने वर्ष ३३ की रश्मी बुढाको साथबाट ३ किलो १ सय ३८ ग्राम र वर्ष ४३ की तुलसा रोका मगरको साथबाट १ किलो ८ सय २६ ग्राम लागु चरेस प्रहरीले बरामद गरेको हो ।

    प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा उनीहरूलाई खानतलासी गर्दा कपडाको पेटी बनाई कम्मरमा बाँधी लुकाइ छिपाई राखेको अवस्थामा बुढाको साथमा ५ पोका र रोका मगरको साथमा ४ पोका चरेश फेला परेको हो ।
    लागु औषध चरेससहित पक्राउ गरि थप अनुसन्धान भइरहेको कृष्णनगर प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा