• ट्रेण्डिङ्ग :
नेपालगन्जदेखि डोल्पासम्म सिधा बस सेवा सुरु

नेपालगन्जदेखि डोल्पासम्म सिधा बस सेवा सुरु


  • 5.6K
    SHARES
    • फाल्गुण २, २०८० बुधबार
    • २ बर्षs अघि
    • 8.7K Views

    नेपालगन्जदेखि डोल्पासम्म सिधा बस सेवा सुरु

    डोल्पा २ फागुन/हिमाली जिल्ला डोल्पासम्म नेपालगन्जबाट सिधा बस सेवा सुरु भएको छ ।  स्थानीय सरकारका जनप्रतिनिधि लगायत सरोकारवालाको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायले उद्घाटन गर्नुभयो । अघिल्लो बर्ष पनि दुनैसम्म सिधै बस सेवा स‌चालन गरिएता पनि निरन्तरता पाएको थिएन । फोक्सुन्डो यातायात प्रालिका अध्यक्ष विशाल रोकायले  डोल्पाबाट सिधै नेपालगन्ज तथा सुर्खेतसम्म बसमा यात्रा गर्न सहज हुने बताउनुभयो ।

    images

    तल्नुबगर स्थित भेरी नदिमा एक महिना पहिले ह्युम पाइप राखेपछि ठुला बस भित्रिएका हुन् । सोहि ठाउँमा निर्माणाधिन बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । डोल्पा गाडी पुगेपछि अब दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै नेपालगन्ज,सुर्खेत लगायतका शहर बजार पुग्नुपर्ने बाध्यता हटेको छ । डोल्पाबाट साना गाडीमा एकै दिनमा र ठुला बसमा १८ घन्टामा नेपालगन्ज पुग्न सकिने यातायात समितिले जनाएका छन् ।

    डोल्पा देखि नेपालगसम्मको बसको तीन हजार आठसय र साना जीपको चार हजार आठसय गाडी भाडा तोकिएको छ । भेरी करिडोर अन्तर्गत पर्ने जाजरकोट-डोल्पा सडकमा एक दर्जन धेरै मोटरेवल पुल निर्माण गर्न बाँकी छ । पक्की पुल नभएकै कारण आज सुरु भएको सिधा बस सेवा बर्खामा खोलानाला बडेपछि अवरुद्घ हुने गर्दछ । अब देखि यात्रुलाई सहज हुनुकासाथै स्थानीय उत्पादनले समेत बजार पाउने बताइएको छ ।


    तेस्रो आँखा