• ट्रेण्डिङ्ग :
थप ४०८ जनामा कोरोना संक्रमण,५१८ संक्रमण मुक्त

थप ४०८ जनामा कोरोना संक्रमण,५१८ संक्रमण मुक्त


  • 7.6K
    SHARES
    • कार्तिक १४, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    थप ४०८ जनामा कोरोना संक्रमण,५१८ संक्रमण मुक्त

    काठमाडौँ, कात्तिक १४ ।  
    गत २४ घण्टामा देशभर ४ सय ८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । भने  ५ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ९९ जनामा गरिएको कोरोना परीक्षणमा ४ सय ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३ सय ७६ जना रहेको छ भने निको हुने दर ९७ दशमलव ४ प्रतिशत रहेको छ । यस्तै हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ७ लाख ९१ हजार ७ सय ८७ जना निको भएका छन् ।  

    images


    तेस्रो आँखा