• ट्रेण्डिङ्ग :
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु


  • 3.9K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.0K Views

    तनहुँमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

    तनहुँ ४ फागुन/तनहुँमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शुक्रबार बिहान र बिहीबार साँझ भएको दुर्घटनामा उहाँहरुको मृत्यु भएको हो । 

    images

    शुक्लागण्डकी नगरपालिका –११ कालिकोटस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा युवकको शुक्रबार बिहान ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गाछेपानीबाट चिसापानी जाँदैगरेको ग १ त २५३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकमा पल्टिइ दुर्घटना हुँदा ट्याक्टरमा सवार शुक्लागण्डकी नगरपालिका– २ गाछेपानी बस्ने २४ वर्षीय सोमबहादुर परियारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । 

    यसैगरी तनहुँको शुक्लागण्डकीमै भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका –१० छाब्दी देउरालीस्थित भित्री सडक खण्डमा साँखेबाट दुलेगौंडा जाँदैगरेको ग ७ प ६९२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदैगरेको ग १ त ३९९४ नम्बरको ट्याक्टर आपसमा ठक्कर खाँदा दुर्घटना भई  मृत्यु भएको प्रहरीले जनाएको छ । 

    मोटरसाइकल पछाडि सवार तनहुँको शुक्लागण्डकी नगरपालिका –१ थप्रेक बस्ने वर्ष ४५ की पिपलकौरी गुरुङको बिहीबार साँझ घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । ट्याक्टर चालक तथा मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले बताउनुभयो । 


    तेस्रो आँखा