• ट्रेण्डिङ्ग :
कर्णाली उत्सवको पाँचौँ संस्करण शनिवार सुरु हुँदै

कर्णाली उत्सवको पाँचौँ संस्करण शनिवार सुरु हुँदै


  • 3.7K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.6K Views

    कर्णाली उत्सवको पाँचौँ संस्करण शनिवार सुरु हुँदै

    सुर्खेत ४ फागुन/शनिवारदेखि सुरु हुने कर्णाली उत्सवको पाँचौँ संस्करणको सम्पुर्ण तयारी पूरा भएको छ । आयोजक संस्था ऋति फाउण्डेशनले पत्रकार सम्मेलन गरि फागुन ५ गतेदेखि ७ गते सम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा सञ्चालन हुने कर्णाली उत्सव, कुडा कर्नालीकाको पाँचौँ संस्करणको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।

    images

    पाँचौँ संस्करणमा विभिन्न १३ सेसन, ३ वटा पैकेलोको प्रस्तुती र हरेक दिन सांस्कृतिक साँझको आयोजना हुने छ । ‘कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव । कुडा कर्नाली’का यसको मुख्य नारा रहेको छ । कुराकानीकै माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको हो । आयोजक संस्था ऋति फाउन्डेसनले कार्यक्रमको खर्च तथा आम्दानी विवरण लेखापरीक्षण गरी सार्वजनिक समेत गर्दै आएको छ । कर्णाली उत्सवको शीर्ष प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैङ्क रहेको छ ।

    पहिलो दिन फागुन ५ गते पहिलो सेसन भूकम्पपछिको राहत उद्धार केन्द्रित ‘ईपिसेन्टर’, ‘संकट र सेवा’, जोखिम र ‘जुद्न्या जुक्ति’, दोस्रो दिन ‘कर्णालीस् धरोहर(मनोहर’, ‘कर्णाली दृष्टि’, ‘कर्णाली क्याराभान’, ‘अपाङ्गतास् पहुँच र पौरख’, ‘हाम्मो काली,हाम्मै कर्नाली’, ‘अन्तरजातीय विवाहस् रहर र कहर’, र तेस्रो दिनमा ‘लोकतन्त्रस् दलभित्र, देशभित्र’, ‘देश जान्या’, ‘समाज र सङ्घर्ष’, ‘खस कुडा-खास कुडास् सौराई जिन्नगीको’, र अन्तिम सेसन ‘विकास अन्र्या,विकास खान्या’ गरि तीन दिनमा १३ वटा सेसन सञ्चालन हुने छन् । हरेक दिन एकरएक जना पैकेलोको रुपमा प्रस्तुत हुनुहुने छ भने साथै साङ्गीतिक साँझको आयोजना पनि हुने छ ।


    तेस्रो आँखा