• ट्रेण्डिङ्ग :
टिपर दुर्घटनामा परी दुई जना घाइते

टिपर दुर्घटनामा परी दुई जना घाइते


  • 2.9K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    टिपर दुर्घटनामा परी दुई जना घाइते

    मकवानपुर ४ फागुन/ मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा टिपर दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन्।

    images

    मकवानपुरगढी गाउँपालिका २ शिखरकटेरीस्थित भित्री  सडकखण्डमा शुक्रबार सुकौराबाट शिवम् सिमेन्ट उद्योगतर्फ आउँदै गरेको ना। ५ ख ३००५ नं. को ढुङ्गा बोकेको टिपर आफै अनियन्त्रित भई दुर्घटना भएको हो। 

    टिपर दुर्घटनामा परी टिपरका चालक मकवानपुरगढी गाउँपालिका ८ बुढीचौरका अन्दाजी ३० वर्षीय सञ्जय स्याङतान र टिपरमा सवार वडा नं। ६ डुम्म्रेकुनाका करिब ४२ वर्षीय सूर्य घलान घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

    प्रहरीका अनुसार दुवै जनाको हेटौँडा ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।


    तेस्रो आँखा