• ट्रेण्डिङ्ग :
आर्थिक समृद्धिका लागि दलीय सहकार्यमा एमाले अध्यक्षको जोड

आर्थिक समृद्धिका लागि दलीय सहकार्यमा एमाले अध्यक्षको जोड


  • 3.2K
    SHARES
    • फाल्गुण ४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.9K Views

    आर्थिक समृद्धिका लागि दलीय सहकार्यमा एमाले अध्यक्षको जोड

    काठमाडौँ, ४ फागुन/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहकार्य जरुरी भएको बताउनुभएको छ ।

    images

    विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘समाजवादको भावी दिशा’ विषयमा आज यहाँ आयोजना गरेको छलफलमा अध्यक्ष ओलीले आफूहरु कुनै दर्शन र विचारधारा आधारित भन्दा पनि मुलुकको राष्ट्रिय हित र नेपाली जनताका पक्षमा काम गर्न दलीय सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले परस्परिक हित,  लाभ र सामाजिक न्यायसहितको परराष्ट्र नीतिप्रति आफ्नो पार्टीको  दृढ समर्थन रहेको बताउनुभयो ।    

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव सुरेन्द्र कार्कीले समाजवादी आन्दोलनलाई निष्कर्षमा  पु¥याउन यसका पक्षधर एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले देशको अर्थतन्त्रलाई गतिशील बनाउन पूँजीगत खर्च बढाउनुपर्ने सुझाव दिनुभयो । विश्व सामाजवादी आन्दोलनका अगुवा  अलेइडा ग्वेभाराले समुन्नत राष्ट्र निर्माणका लागि जनतालाई शिक्षित बनाउनुपर्नेमा जोड दिनुभयो । 

    परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरी मुलुकको विकास र समृद्धिको यात्रालाई सार्थक बनाउनुपर्छ भन्नुभयो । 


    तेस्रो आँखा