• ट्रेण्डिङ्ग :
तनहुँमा जन्ती बोकेको जीप दुर्घटना :  दुई जनाको मृत्यु, १६ घाइते

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना :  दुई जनाको मृत्यु, १६ घाइते


  • 4.1K
    SHARES
    • फाल्गुण ७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.3K Views

    तनहुँमा जन्ती बोकेको जीप दुर्घटना :  दुई जनाको मृत्यु, १६ घाइते

    तनहुँ, ७ फागुन/तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

    images

    मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा