• ट्रेण्डिङ्ग :
आठ सय ५५ ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

आठ सय ५५ ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ


  • 3.5K
    SHARES
    • फाल्गुण ८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.4K Views

    आठ सय ५५ ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

    काठमाडौं, ८ फागुन/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् ।

    images

    अर्धठोस बनाएर ल्याइएको आठ सय ५५ ग्राम सुनसहित ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थलबाट पक्राउ गरिएको हो ।

    नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार राति फ्लाई दुबई उडानद्वारा दुबईबाट काठमाडौं आएका गफुरलाई विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्दा सुन फेला परेको थियो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइएको  नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । गोरखापत्र


    तेस्रो आँखा