• ट्रेण्डिङ्ग :
कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान

कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान


  • 3.8K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.9K Views

    कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान
    ललितपुर, ९ फागुन/नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषयको उठान गर्नुभएको छ ।       
     
    कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । “हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौँ । कार्यक्रम समेत गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । 
     
      कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके पार्टीका १४ जिल्लाका सभापति मिलेर समाधानको उपाय खोज्ने सभापति राईको भनाइ थियो । 
     
    कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले गठबन्धन गर्ने विषयको कुरा उठान गर्नुभयो ।  “आफ्नो मान्छे परे गठबन्धन ठीक, नपरे बेठीक भन्ने परिपाटीको कहिले अन्त्य हुन्छ रु”, उहाँले  प्रश्न गर्नुभयो । कोशीमा कांग्रेसले गठबन्धन गर्दा पार्टीलाई के घाटा भयो भन्दै नेतृत्वलाई प्रश्न गर्नुभयो ।
     
    कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय पार्टीको केन्द्रीय समितिले उल्टाउन नपाउने बताउनुभयो । पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्ला नेतृत्वलाई दिनुपर्ने उहाँको माग थियो ।


    तेस्रो आँखा