• ट्रेण्डिङ्ग :
कुँवरले खिचेको तस्बिरलाई सोनी अवार्ड

कुँवरले खिचेको तस्बिरलाई सोनी अवार्ड


  • 3.7K
    SHARES
    • फाल्गुण ९, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.7K Views

    कुँवरले खिचेको तस्बिरलाई सोनी अवार्ड

    काठमाडौँ, ९ फागुन/युवा फोटोग्राफर विवेक कुँवरले खिचेको तस्बिरले ‘सोनी वर्ल्ड फोटोग्राफी अवार्ड–२०२४’ जितेको छ । कपनस्थित फेल्ट बलको बिचमा सुतेर मुस्कुराइ रहेकी एक बालिकाको तस्बिर विजेता बनेको हो । 

    images

    फेल्ट बल उत्पादन गर्ने कम्पनीको डकुमेन्ट्री बनाउने क्रममा उक्त तस्बिर खिच्नु भएका कुँवरले राम्रो लागेर खिचेको तस्बिरले सोनी वर्ल्ड फोटोग्राफी अवार्ड पाउँदा फोटोग्राफीप्रति थप प्रेरणा र ऊर्जा मिलेको बताउनुभयो ।

    विगत ११ वर्षदेखि विश्वभरका युवा, विद्यार्थी, फोटो पत्रकार तथा फोटोग्राफरका लागि सोनी वर्ल्ड फोटोग्राफी अवार्ड आयोजना हुँदै आएको छ । विजेताहरूलाई  पाँचहजार डलर पुरस्कारसहित सोनीका उत्पादनहरू प्रदान गरिँदै आएको छ । 

    सो अवार्डका लागि ५४ देशका विजेता फोटोहरूको घोषणा गरिएको बिबिसीले जनाएको छ । उक्त तस्बिरहरू २०२४ को अप्रिल र मे महिनामा लण्डन सहरको समरसेट हाउसमा प्रदर्शनी गरिने जनाइएको छ । एक विदेशी फोटोग्राफरले नेपालमा घुम्न आउँदा खिचेको हात्तीले बालुवा खेलाएको तस्बिर पनि पुरस्कृत भएको छ ।


    तेस्रो आँखा