• ट्रेण्डिङ्ग :
रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी माग

रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी माग


  • 3.8K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.9K Views

    रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी माग
    काठमाडौँ, १० फागुन/प्रतिनिधिसभाको आजको बैठकमा रूस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानारी गराउन माग गरिएको छ । 
     
    सभाको विशेष समयमा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले परिवारका सदस्यहरु न श्वास, न आशको अवस्थामा रहेकाले ती नेपालीहरुको अवस्था खोजी गरी नेपाल फिर्ता गर्न सरकारसँग माग गर्नुभयो । 
     
    “नेपालीहरु रुस र युक्रेनका सेनामा भर्ना भएर आपससमा लडिरहेका छन् । यतिका समय बितिसक्दा पनि किन परराष्ट्र मन्त्रालय बोल्दैन रु औपचारिकरुपमा केही जानकारी पाउन सकेको छैन रु”, उहाँले भन्नुभयो ।


    तेस्रो आँखा