• ट्रेण्डिङ्ग :
कांग्रेस महासमिति बैठक : उद्यमशील युवा कांग्रेस अभियान सुरु

कांग्रेस महासमिति बैठक : उद्यमशील युवा कांग्रेस अभियान सुरु


  • 3.7K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.6K Views

    कांग्रेस महासमिति बैठक : उद्यमशील युवा कांग्रेस अभियान सुरु

    ललितपुर, १० फागुन/नेपाली कांग्रेसको महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत फागुन ७ गतेदेखि सुरु भएको महासमिति बैठकमा उद्यमशील युवा कांग्रेस अभियानका लागि हस्ताक्षर गरिएको हो ।

    images

    नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०का पूर्वअध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा सुरु गरिएको उक्त अभियानमा पार्टीका केन्द्रीय नेता एवं महासमिति सदस्यले हस्ताक्षर गर्नुभएको छ । बाह्र बुँदे सङ्कल्प प्रस्ताव तयार गरी सुरु गरिएको अभियानमा उद्यमशील युवा कांग्रेस निर्माण गर्ने, अबको १० वर्षमा विकसित देश बनाउने, मापदण्ड बनाई क्रियाशील सदस्यता वितरण गर्ने, लोकतान्त्रिक विधिबाट उम्मेदवार चयन गर्ने, पार्टीमा युवालाई आरक्षणको व्यवस्था गर्ने उल्लेख छ ।

    यस्तै प्रदेश र प्रतिनिधिसभामा समानुपातिक व्यवस्था खारेज गर्नुपर्ने, धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय पर्यटकको सङ्ख्या बढाउनुपर्ने, वैज्ञानिक वन व्यवस्थापन र काठ उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्नुपर्ने, रोजगारीको सिर्जना र युवालाई  सीप सिकाउने नीतिगत व्यवस्था गर्नुपर्ने बताइएको छ ।

    यसैगरी पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरूको आवधिक अधिवेशन र समयसापेक्ष परिचालन गर्नुपर्ने, कृषिमा आधुनिकरण र विकासमा प्राथमिकता दिनुपर्ने र पार्टीमा आर्थिक पारदर्शिता र जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्ने उल्लेख छ । संयोजक कर्णले पार्टीभित्रका युवालाई उद्यमशील बनाई देशको आर्थिक विकासमा लगाई समृद्ध मुलुक निर्माणका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।


    तेस्रो आँखा