• ट्रेण्डिङ्ग :
इतिहासप्रति गौरव गर्दै भविष्यन्मूख भएर अगाडि बढ्ने सन्देश प्राप्त भयो : कोइराला

इतिहासप्रति गौरव गर्दै भविष्यन्मूख भएर अगाडि बढ्ने सन्देश प्राप्त भयो : कोइराला


  • 3.5K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.4K Views

    इतिहासप्रति गौरव गर्दै भविष्यन्मूख भएर अगाडि बढ्ने सन्देश प्राप्त भयो : कोइराला

    काठमाडौं/ नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले पार्टी आफ्नो इतिहासप्रति गौरव गर्दै वर्तमानलाई आकार दिएर भविष्यन्मूख भएर अगाडि बढ्ने सन्देश महासमितिवाट प्राप्त भएको बताएका छन् ।

    images

    महासमिति बैठकको समापन कार्यक्रममा पहिलो वक्ता रहेका डा।कोइरालाले पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुर्नस्थापित गर्दै आन्तरिक जीवनमा कसरी पूर्नजागरण प्रवाह गर्ने भन्ने चिन्तालाई सम्पूर्ण कांग्रेसजनको सामुहिक चिन्ता मात्र नबनेर चिन्तन बनाएर लैजानुपर्ने बताएका हुन् ।

    फागुन ७ गतेदेखि जारी बैठकको समापनमा नेता कोइरालाले विभिन्न ११ बुँदे धारणा राख्दै महासमिति बैठकले ठोस दिशा प्राप्त गरोस् भनी बृहत् छलफल, बहस र विवादले कांग्रेसको आन्तरिक जीवनमा जीवन्तता प्रदान गर्नेछ भन्ने विश्वास लिएको बताए ।

    महासमितिको बैठक पछि नयाँ कांग्रेसको भावना सहित ऊर्जावान् भएर आफनो राजनीतिक कर्मभूमिमा फर्कने पनि नेता कोइरालाले विश्वास लिएको बताएका छन् ।

    उनले ‘यो देशमा केही हुँदैन’ भन्ने न्यारेटिभ निर्माण भएको भन्दै यो निराशालाई चिर्न राज्य संयन्त्र मात्र पर्याप्त नभएको र पार्टी संगठन व्यापकरुपमा परिचालित भई देशवासीको सुन्दर भविष्य निर्माण गर्ने कांग्रेस हो भन्ने अभियानमा लाग्नुपर्ने उनको भनाई छ ।


    तेस्रो आँखा