काठमाडौं ११ फागुन/संसदमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठेको छ । सभामुख घिमिरेले नियमावलीविपरीत बोल्न दिएको भन्दै माओवादी सांसद माधव सापकोटाले प्रश्न उठाएका हुन् ।
‘नियमावलीअनुसार कुनै पनि सदस्यले बोल्ने क्रममा नियमापत्ति भएको अवस्थामा बाहेक अवरोध गर्न पाइँदैन । संक्षिप्त समय भनेर दिनुभएको छ । संक्षिप्त भनेको कति हो,’ सभामुख घिमिरेलाई सांसद सापकोटाले सोधे, ‘तपाईंलाई इन्जोय हुँदासम्म हो वा कति ? माननीय राजेन्द्र केसीलाई तपाईंले संक्षिप्तमा राख्नुस् भनेपछि उहाँ बोल्दै गर्दा प्रतिपक्षले ढ्यापढ्याप गरेपछि कुन नियमावलीअनुसार उहाँलाई रोक्न रुलिङ गर्नुभयो ?’
सांसद केसीले बोल्दै गर्दा विपक्षीले विरोध गरेपछि सभामुखले केसीलाई बोल्न रोकेका थिए ।
