• ट्रेण्डिङ्ग :
गौशालामा दाना र नुन सहयोग

गौशालामा दाना र नुन सहयोग


  • 4.5K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.9K Views

    गौशालामा दाना र नुन सहयोग

    दंगीशरण ११ फागुन/सत्यसाइ केन्द्र तुलसीपुरले दंगीशरण ६ मा अवस्थित चिसापानी गौशालामा दाना तथा नुन सहयोग गरेको छ । सत्यसाइ केन्द्रको टोलो त्यहाँ पुगेर आज ७ बोरा दाना तथा १ बोरा नुन सहयोग गरेको हो । पछिल्लो समय लक्ष्मीको रुपमा पुजिने गौमाता गाइको स्याहार तथा हेरचाह गर्न छोडेको कुरा प्रती दुखी हुँदै सत्यसाइ केन्द्र तुलसीपुरले गौशालामा भएका गाइहरुको असल हेरचाह तथा खानपिनको राम्रो प्रबन्ध तथा सवैले सहयोग गरी मानविय सेवा प्रकट गरीदिन आग्रह गरेको छ ।

    images

    अहिले दंगीशरण ६ मा अवस्थित चिसापानी गौशालामा ९० गाइहरु रहेको र गाइहरुलाइ खानाको अभाव नरहेपनि गाइबस्तुलाई पानी र चिसोबाट जोगाउन एउटा गोठको अत्यन्त आवस्यक रहेको चिसापानी गौशालाका अध्यक्ष लक्ष्मण केसीले बताए । गौशालामा स्थानिय सरकारले स्वामित्व लिदै अहिलेको आर्थिक वर्षमा ७ लाख बजेट समेत बिनियोजित गरेको र गाइहेर्नलाइ ३ जना हेरालुको समेत ब्यबस्था गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले जानकारी दिए ।

    पछिल्लो समय परम्परागत खेती प्रणालिको कमि र कृषिमा आधुनिक यान्त्रिकिकरणले पनि गाइपालन तथा संरक्षणमा कमी आयको अध्यक्ष गिरीले बताए । आज सत्य साइकेन्द्र तुलसीपुरले गाइलाइ दाना तथा नुन बितरण गर्न पाउदा आफुहरु धेरै खुसी भएको र आगामिदिनमा पनि अरु यस्तै सहयोग सहित आफुहरु प्रस्तुत हुने सत्यसाइ केनन्द्रका क्षेत्रीय सयोजक सरस्वती रजौरेले बताइन् ।


    तेस्रो आँखा