• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


  • 3.0K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.6K Views

    माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

    काठमाडौँ ११ फागुन/आजका लागि तय गरिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आजका लागि बैठक डाकिएकोमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको हो । 

    images

    स्थगित बैठक फागुन १३ गते आइतबार बिहान ११ः०० बजे बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो । केन्द्रिय समिति बैठकमा पार्टीको यसअघिको विशेष अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्य विभाजन लगायतका एजेन्डामा छलफल गर्ने तय गरिएको थियो ।

    बैठकमा चैत–वैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्य विभाजन गर्ने एजेण्डा समेत थियो । बिहीबार बसेको केन्द्रिय समिति बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । 


    तेस्रो आँखा