• ट्रेण्डिङ्ग :
सुनथराली विमानस्थलको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने 

सुनथराली विमानस्थलको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने 


  • 4.6K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.1K Views

    सुनथराली विमानस्थलको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने 

    जुम्ला १२ फागुन/कालिकोटको नरहरिनाथ गाउँपालिका २ कोटबाडा स्थित सुनथराली विमानस्थलको आगामी फागुन १४ गते हुने भएको छ ।

    images

    करिब ३८ वर्षपछि विमानस्थलको उद्घाटन हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्नुहुने नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन १४ गते उद्घाटनसँगै परिक्षण उडान पनि हुने छ ।

    विमानस्थल २०४२ सालदेखि निर्माण सुरु भएको थियो । तत्कालीन जिल्ला विकास समितिबाट एक लाख बजेट विनियोजन गरेर विमानस्थल निर्माण थालिएको थियो । कालीकोटको एक मात्र सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण पूरा भएको थियो ।


    तेस्रो आँखा