• ट्रेण्डिङ्ग :
सेती नदीमा माछा मार्न गएका एकजनाको शव फेला

सेती नदीमा माछा मार्न गएका एकजनाको शव फेला


  • 3.1K
    SHARES
    • फाल्गुण १४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    सेती नदीमा माछा मार्न गएका एकजनाको शव फेला

    पोखरा । सेती नदीमा माछा मार्न गएका एकजनाको शव फेला परेको छ । माछा मार्न गएका पाँचजनामध्ये ४० वर्षका मंगा तामाङको शव ढुंगामा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले गएराति पौने १ बजे निकालेको हो । 

    images

    शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

    “पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकजनाको शव सशस्त्र प्रहरीले निकालेको छ । अर्का एकको खोजीकार्य जारी छ,” सहप्रवक्ता थापाले भने । 

    ४३ वर्षका रक्सेस तामाङको गोताखोर र विपद् उद्दार टिमले खोजी कार्य जारी राखेको छ ।  माछा मार्न गएका अन्य तीनजना भने सकुशल छन् ।


    तेस्रो आँखा