• ट्रेण्डिङ्ग :
जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको उद्धार

जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको उद्धार


  • 4.0K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 6.2K Views

    जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको उद्धार

    जनकपुरधाम १५ फागुन/धनुषाको जनकपुरधामबाट अपहरणमा परेका  एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ । जनपुरधाम उपमहानगरपालिका-२३ स्थित दिपक झाको घरमा डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई प्रहरीले अपहरण मुक्त गरेको हो ।

    images

    गत फागुन १२ गते साँझ घरको प्यासेज खेलिरहेका बालक रुद्धाआंश बेपत्ता भएका थिए । बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित बिभा देवी मण्डलको साथबाट बालकको उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी  दिए ।

    स्थानीयले जकपुरधाम उपमहानगरपालिका-२४ बस्ने ४२ वर्षीया बिभा देवी मण्डलले बालक अपहरण गरेर लगेको प्रहरीलाई जानकारी दिएका थिए । खोजतलासको क्रममा उनीसँगै बालक फेला परेका हुन् । मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको डिएसपी अवाले बताए ।


    तेस्रो आँखा