• ट्रेण्डिङ्ग :
अख्तियारलाई संसदीय समितिको निर्देशन कार्यान्वयन गर्न निर्देशन

अख्तियारलाई संसदीय समितिको निर्देशन कार्यान्वयन गर्न निर्देशन


  • 2.1K
    SHARES
    • फाल्गुण १५, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.2K Views

    अख्तियारलाई संसदीय समितिको निर्देशन कार्यान्वयन गर्न निर्देशन

    काठमाडौँ । संसदीय समितिले दिइएका निर्देशनहरुको शीघ्र कार्य सम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

    images

    संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले मंगलवार आयोगका पदाधिकारीहरुलाई बोलाएर विगतमा दिएका निर्देशनहरुको कार्य सम्पादन छिटो गर्न ध्यानाकर्षण गराएको हो।

    आम नागरिकमा समेत आशंका र दुविधा बढ्ने भएकाले समितिले दिएको निर्देशनको छिटो कार्य सम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गरिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

    बैठकले आर्थिक अनियमितता लगायतका भ्रष्टाचारको परिभाषा भित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यमाथि समेत प्रभावकारी रुपमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने गरी कार्य सम्पादन गर्न आयोगलाई भनेको छ। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरुले कतिपय विषय र अवस्थामा बहुआयामिक अध्ययन, अनुसन्धान र अन्य देशसँग सूचना आदानप्रदान गर्नुपर्ने निष्कर्ष निकाल्दै आवश्यकताअनुसार बहुपक्षीय र द्विपक्षीय सम्झौता गरी संसदबाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्न, गराउन पनि समितिले सरकारलाई सचेत गराएको छ।


    तेस्रो आँखा