काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने बैठकबाट आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरू हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत सोमबारको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गरेका थिए।
यससँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले फागुन १७, २७, २९ र ३० गते छलफल हुने मिति तोकेको संसद् सचिवालयले जानकारी दिएको छ । अर्थमन्त्री महतले फागुन ३० गते बस्ने बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यतालिका तोकिएको छ ।
