काठमाडाैं,८ माघ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले विना कारण संसद अवरुद्ध गर्नु एकदलीय सर्वसत्तावादको अभ्यास भएको बताएका छन् । उनले आफ्नै ट्वीटर हेन्डलबाट विगत ६ महिना देखि संसद अवरुद्ध गरिएको विषयलाइ स्मरण गर्दै यस्तो बताएका हुन् ।
भट्टराइ लदेख्छन,विना कारण ६ महिनादेखि संसद अबरूद्ध गर्ने,वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासिवादी तत्व हुन्। उनले अघि थपेका छन् , नबिर्सौं हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो ।
विगत ६ महिना देखि प्रमुख प्रतिपक्षिदल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । लामो समय देखि संसद अवरोध हुँदा संसद कामविहीन हुन पुगेको छ ।
