• ट्रेण्डिङ्ग :
राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने


  • 4.2K
    SHARES
    • फाल्गुण २०, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.4K Views

    राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

    काठमाडौँ, २० फागुन/नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गर्नुभएको हो ।  

    images

    एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गर्नुभएको उहाँले राससलाई बताउनुभयो । राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहनुभएका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । 

    एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुन्छ । 


    तेस्रो आँखा