गैंडाकोट, फागुन २० । शालिन पोखरेल मृत्यु प्रकरणलाई लिएर आज गैंडाकोटका स्थानीयले दवाब स्वरुप प्लेकार्ड सहित बृहत प्रदर्शन गरेका छन ।
शालिन मृत्युको घटनामाथि निष्पक्ष छानबिनको माग गर्दै भएको प्रदर्शनमा स्थानीय सहित जनप्रतिनिधि हरुको समेत सहभागिता रहेको थियो । गैंडाकोटको भृकुटी चोक राजमार्गमा झण्डै एककिलो मिटर लामबद्ध प्रदर्शन सङै सालिन घटनाका बिषयमा उपस्थितलाई सामाजिक अभियन्तातथा उक्त कार्यक्रममा सम्योजक शुदर्सन प्रसाद खरेलले उपस्थितलाई सम्बोधन गर्दै शालिनको मृत्युको घटनाप्रति ध्यानाकर्षण गर्न र न्यायपूर्ण समाज निर्माण गर्ने उदेश्यले प्रदर्शन गरिएको बताउदै आफ्ना छोराछोरीका बिषयमा अभिभावकनै सचेत हुनुपर्ने बताए । खरेलले उक्त घटनाको सत्यतथ्य सहित अनुसन्धानको माग समेत गरे ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल शङ्कास्पद रूपमा मृत फेला परेकी थिइन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान भैरहदा मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको पोस्टमार्टम रिपोर्टमा जनाइएको छ ।
