फाईल तस्वीर
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी फागुन २६ गतेका दिन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
राप्रपाले हालै विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्न र भावी रणनीति तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको जनाएको छ । यस्तै यसअघि पार्टीले आह्वान गरेको आन्दोलनको तयारीबारे छलफल गर्न पनि बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
नेपालमा सत्ता परिवर्तन र नयाँ समिकरण बनेपछि पार्टीको तर्फवाट रणनीति र धारणा बनाउन पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
