काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच बालुवाटार बैठक बसेको छ । बैठकमा नयाँ बनेको सत्ता समिकरणमा आठ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्ने, राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उमेदवारलाई र उपाध्यक्षमा नेकपा (एमाले) का उमेदवार समर्थन गर्ने सहमति भएको छ ।
