• ट्रेण्डिङ्ग :
रास्वपाबाट मन्त्रीमा चार जनाको नाम सिफारिस

रास्वपाबाट मन्त्रीमा चार जनाको नाम सिफारिस


  • 2.4K
    SHARES
    • फाल्गुण २३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.7K Views

    रास्वपाबाट मन्त्रीमा चार जनाको नाम सिफारिस

    काठमाडौँ, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषद्मा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ । 

    images

    सो पार्टीको आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिनुभयो ।


    तेस्रो आँखा