• ट्रेण्डिङ्ग :
सञ्चारमन्त्री शर्मालाई पुनः शपथको निम्तो

सञ्चारमन्त्री शर्मालाई पुनः शपथको निम्तो


  • 3.0K
    SHARES
    • फाल्गुण २३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.6K Views

    सञ्चारमन्त्री शर्मालाई पुनः शपथको निम्तो

    काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पुनः सञ्चारमन्त्री बनाउने भएको छ । बुधबार माओवादी केन्द्रले सञ्चार मन्त्रालयमा पुनः शर्मालाई पठाउन लागेको हो ।

    images

    बुधबार निवर्तमान मन्त्री शर्माको बिदाइ कार्यक्रम मन्त्रालयमा चलिरहेकै बेला उहाँलाई पुनः मन्त्री पदको शपथका लागि निम्ता आएको हो ।

    ‘‘बालुवाटारबाट ४ बजे सञ्चार मन्त्रीको शपथ छ आउनुहोला भनेर फोन आयो । उहाँले भाषण सकेलगतै सोबारे जानकारी गराउनुभएको हो ।,’’ मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा डायमण्डले भन्नुभयो ।

    उहाँलाई ४ बजेको निम्तो आएपनि राष्ट्रपति कार्यालयमा भने औपचारिक पत्र पुगिसकेको छैन ।


    तेस्रो आँखा