• ट्रेण्डिङ्ग :
कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्षकाे निधन

कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्षकाे निधन


  • 5.1K
    SHARES
    • फाल्गुण २४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.9K Views

    कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्षकाे निधन

    काठमाण्डाै । काठमाण्डाैकाे कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सरबाट पीडित महर्जनको गए राति आफ्नै निवासमा निधन भएको हो ।

    images

    अस्पतालबाट महर्जनलाई हिजो नै घर ल्याइएको थियो । वडाध्यक्ष महर्जनको पार्थिव शरीर अहिले कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले बताउनुभयो ।

    ६० वर्षीय महर्जन २०७९ को पालिका चुनावमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।


    तेस्रो आँखा